बालुवाटारपछि खुमलटार पुगे सिके राउत, प्रचण्डले लगाइदिए खादा र माला

सफल खबर संवाददाता

विहीबार, १५ मंसिर २०७९, २० : ५९
बालुवाटारपछि खुमलटार पुगे सिके राउत, प्रचण्डले लगाइदिए खादा र माला

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतको दौडधुप बढ्दो छ । बिहीबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका अध्यक्ष राउतले त्यसलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गरेका छन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न राउत प्रचण्डनिवास खुमलाटार पुगेको प्रचण्डको सचिवालयकी स्वकीय सचिव गंगा दाहालले फेसबुकमार्फत राउतले जानकारी दिएकी हुन् ।उनले लेखेकी छन्, ‘अध्यक्ष कमरेड प्रचण्ड संग जनमत पार्टीका अध्यक्ष डा. सि.के राउतको बधाई तथा शुभकामना आदानप्रदान !!’सप्तरी २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतले हराएका राउतलाई अध्यक्ष प्रचण्डले निर्वाचन जितेकोमा बधाइ दिँदै सयपत्रीको माला लगाइदिएका थिए ।

प्रचण्डसँग भेट्नुअघि राउतलाई कांग्रेस नेता विमलेन्द्र निधिले लिएर बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्री देउवासँग राउतले सत्ता गठबन्धन दलसँगै संघ र प्रदेश दुवैमा सहकार्य गर्दै सरकारमा पनि सामेल हुने बचन व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस