चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा चितवनको लज्जास्पद नतिजा आउनुको पछाडि केन्द्र दोषी रहेको आरोप लगाएका छन् ।
काङ्ग्रेसको केन्द्रिय समितिले सहि तरिकाबाट टिकट वितरण नगर्दा चितवनको नतिजा निकै दुख लाग्दो आएको उनको भनाई छ । कार्यकर्ता भेटघाटका क्रममा बिहिवार चितवन आईपुगेका नेता पौडेलले चितवन काङ्ग्रेस माथी केन्द्रले सधै थिचोमिचो गरिरहेको जिकिर गरेका छन् ।
गत मसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सबै मतपरिणाम आइसकेपछि मात्रै गठ्बन्धनको सरकार बन्नेमा आफू बिश्वस्त समेत उनले बताए । ‘गठबन्धन कै सरकार बन्छ’, नेता पौडेलले भने,‘अब त्यसको नेतृत्व पनि म आफैले गर्छु ।’ नेपालको राजनीतिमा मैले गरेको लगानी र त्यागको उच्च मुल्यांकन गर्दै देशले मेरो नेतृत्वको सरकार खोजिरहेको बताउदैं उनले भने,‘ गठबन्धनको सरकारमा अब मेरो विकल्प छैन ।’
फरक प्रसंगमा उनले पार्टी भित्र आत्मसमीक्षा गर्नु पर्ने समय आएको भन्दै काङ्ग्रेस सम्हालिन आबश्यक रहेको टिप्पणी गरे । काङ्ग्रेस भित्र आफुले गल्ती गर्ने चलन छ तर आत्माआलोचना गर्ने चलन नहुँदा आज यो अवस्था आएको उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ मंसिर २०७९, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति