अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश

एजेन्सी

विहीबार, १५ मंसिर २०७९, ०७ : ४४
अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश

एजेन्सी । विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ । बिहीबार सम्पन्न भएको  समूह चरणको खेलमा पोल्यान्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । 

स्टेडियम ९७४ मा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन आल्याक्स म्यस अलिस्टार र जुलियन आल्भारेजले एक–एक गोल गरे । 

खेलको ४६ औँ मिनेटमा अलस्टेरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । खेलको ६७औं मिनेटमा आल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाए ।

प्रतिक्रिया दिनुहोस