काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा फ्रान्सले ट्युनिसिया विरुद्ध खेल्दैछ । समूह डी अन्तर्गत खेलका लागि फ्रान्सले टिममा ९ खेलाडी परिवर्तन गरेको छ । यसअघि नै समूहको दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको फ्रान्सले पहिलो रोजाईँको दुई खेलाडी बाहेक बाँकी स्थानमा परिवर्तन गरेको हो । यसअघि डेनमार्कलाई २-१ ले पराजित गरेको टिममा पहिलो रोजाईँमा खेलेका ११ मध्ये राफेल भरान र ओरेलियन चुवामेनी मात्र ट्युनिसिया विरुद्ध पहिलो रोजाईँमा छन् ।
फ्रान्सले अष्ट्रेलिया र डेनमार्कलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाइसकेको अवस्थामा अन्य खेलाडीलाई पहिलो रोजाईँमा अवसर दिएको हो । नियमित गोलकिपर तथा ह्युगो लोरिसलाई आराम दिँदा भरानले कप्तानी गरेका छन् ।
गोलकिपरमा स्टेभ मानडान्डा छन् भने भरानसहित इब्राहिम कोनाटे एक्सल डिसासी र एडुअर्डो कामाभिंगालाई डिफेन्समा खेलाइएको छ । चुवामेनी, युसुफ फोफाना र जोर्डन भेरेटोट मिडफिल्ड तथा किंगसले कोमन, माटेओ गुएनोउजी र रान्डल कोलो मुअनी फरवार्डमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ मंसिर २०७९, २१ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिफा विश्वकप: साउदी अरब र उरुग्वेबीचको खेल १-१ गोलको बराबरीमा सकियो
फिफा विश्वकपः टर्कीलाई हराउँदै अष्ट्रेलियाको विजयी सुरुआत
पाराग्वेमाथि अमेरिकाको जित
फिफा विश्वकप : क्यानडा र बोस्निया हर्जगोभिनाले खेले बराबरी
विश्व फुटबलको महाकुम्भ शुरु : आज राति उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
फिफा विश्वकपका रेफ्रीलाई अमेरिका प्रवेशमा रोक, विमानस्थलबाटै फिर्ता पठाइयो