काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ एमालेले अग्रता कायमै राखेको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ पछिल्लो परिणामअनुसार एमालेले २७ लाख २० हजार ६९२ मत प्राप्त गरेर अग्रता लिएको छ ।
दोस्रोमा रहेका कांग्रेसले २५ लाख ८५ हजार १११ मत पाउँदा तेस्रो स्थानमा माओवादी केन्द्रले ११ लाख ५३ हजार ४५७ मत पाएको छ । पहिलोपटक चुनावी प्रतिस्पर्धामा सहभागी भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ । उसले ११ लाख चार हजार १६२ मत पाएको छ । राप्रपाले पाँच लाख ७९ हजार २७८मत पाएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।
यसैगरी जसपाले चार लाख आठ हजार ९६४, जनतमत पार्टीले तीन लाख ७६ हजार १९९, एकीकृत समाजवादीले दुई लाख ९० हजार ९० हजार १९६, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजार ४३७, लोसपाले ७३ हजार ८३३ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ मंसिर २०७९, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको नामावली पुस १९ गते प्रकाशन हुने
निर्वाचन तयारीबारे सिंहदरबारमा आज सर्वपक्षीय छलफल
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत
प्रतिनिधिसभा निर्वाचन : देशभर १० हजार ९६७ मतदान स्थल कायम
निर्वाचन हुन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकियो