काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ धाँधली भएको भन्दै पुनः मतदान हुनुपर्ने भन्दै ब्रिफिङ गरेका छन् । मंगलबार बसेको पार्टी सचिवालय बैठकमा नेता खनालले आफ्नो निर्वाचन क्षेत्रका विषयमा विस्तृतमा ब्रिफिङ गराएका हुन् ।
एमालेका उम्मेदवार महेश बस्नेतले धाँधली गरेको भन्दै खनालले अदालतबाट कानुनी उपचार खोज्नुपर्ने बताएका हुन् । ‘मेरो क्षेत्रमा चुनावमा धाँदली भएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र भेटिएका छन् । पैसाको खोलो बगाएको छ’ खनालले भने, ‘अब मेरो क्षेत्रमा पुनः मतदान हुनुपर्छ । यदि त्यसो हुन नसकेमा कानुनी उपचार खोज्ने विषयमा बैठकमा धारणा राखेको छु ।’
पार्टीले समेत खनालको पराजयका विषयमा समेत खोजबिन गर्ने भएको छ । यस्तै पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि आफू पराजय भएको विषयमा बैठकलाई जानकारी गराएका छन् । खतिवडाले उदयपुर २ बाट पराजित हुनुका कारण बारेमा पार्टीलाई प्रष्ट पारेका हुन् । यस्तै पार्टीबाट टिकट पाएपनि पराजित भएका नेताहरूले आ –आफ्नो धारणा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ मंसिर २०७९, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ खनाल चीन प्रस्थान
पूर्वप्रधानमन्त्री खनाल ६ दिने चीन भ्रमणमा जाने
इरान र प्यालेस्टाइनसहित मुस्लिमको पक्षमा उभिन झलनाथ खनालको आह्वान
राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र ल्याएपनि जनताको बन्न सकेन : झलनाथ खनाल
सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन : झलनाथ खनाल
नीति तथा कार्यक्रममा जनताको हितमा केही छैन: झलनाथ खनाल