काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा उनले यस्ताे बताएका हुन् ।
एमालेका कार्यकर्तामाथि धडपकड र गोली प्रहार गरेर सरकारले निरंकुशता देखाएको उनको आरोप छ । सरकारले निर्वाचनका क्रममा प्रशासनको दुरुपयोग गरी चुनाव जित्न खाेजेको समेत उनले बताए । उनले बाजुरा दाेलखालगायतका जिल्लामा धाँधली भएकाे समेत बताए ।
ओलीलाई बधाई दिँदै कार्यकर्ताहरूले प्रधानमन्त्री बन्नाेस् भनी शुभेच्छासमेत प्रकट गरेका थिए । संसदीय निर्वाचनकाे नतिजा हेर्दा कांग्रेस र एमालेबीच ९-१0 सिटकाे फरक पर्ने देखिएकाे छ । त्यही कारण एमाले पनि सरकार बनाउने गृहकार्यमा जुटेकाे छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
ओलीको रणनीति : मानव अधिकार आयोगप्रति नरम, जाँचबुझ आयोगप्रति गरम
केपी ओलीले किन दिईरहेका छन् जाँचबुझ आयोग नटेर्ने धम्की ?
जाँचबुझ आयोगलाई थर्काउँदै ओली, बयान मात्रै लिन खोजिए पनि प्रतिवाद
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
जेनजी आन्दोलनबारे ओलीको ब्याख्यामा पार्टीभित्रै सशक्त प्रतिवाद