काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा उनले यस्ताे बताएका हुन् ।
एमालेका कार्यकर्तामाथि धडपकड र गोली प्रहार गरेर सरकारले निरंकुशता देखाएको उनको आरोप छ । सरकारले निर्वाचनका क्रममा प्रशासनको दुरुपयोग गरी चुनाव जित्न खाेजेको समेत उनले बताए । उनले बाजुरा दाेलखालगायतका जिल्लामा धाँधली भएकाे समेत बताए ।
ओलीलाई बधाई दिँदै कार्यकर्ताहरूले प्रधानमन्त्री बन्नाेस् भनी शुभेच्छासमेत प्रकट गरेका थिए । संसदीय निर्वाचनकाे नतिजा हेर्दा कांग्रेस र एमालेबीच ९-१0 सिटकाे फरक पर्ने देखिएकाे छ । त्यही कारण एमाले पनि सरकार बनाउने गृहकार्यमा जुटेकाे छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन