स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकवीच सम्झौता

सफल खबर संवाददाता

मंगलबार, १३ मंसिर २०७९, १३ : १९
स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकवीच सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंक एभरेष्ट बैंकवीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गरेका छन ।

बिगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको एभरेष्ट बैंकवीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सहकार्यले एभरेष्ट बैंकको मोबाइल बैकिङ्ग  प्रयोगकर्ताले इबिएल टच ट्वान्टीफोर एप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्क्तानी गर्न सक्छन भने एभरेष्ट बैंक मार्फत बिभिन्न ब्यापार-ब्यबसाय मा संलग्न व्यबसायीहरुले स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

प्रतिक्रिया दिनुहोस