काठमाडौं । बाग्मती प्रदेशमा पहिलो पार्टी भएको नेपाली कांग्रेस गण्डकी प्रदेशमा पनि पहिलो पार्टी हुन सफल भएको छ । १६ सिटसहित गण्डकी प्रदेशमा कांग्रेस पहिलो पार्टी भइरहँदा नेकपा एमाले भने १२ सिटसहित दोस्रो स्थानमा छ ।
नेकपा माओवादी केन्द्रले ४ सिटमा जित हासिल गर्दा नेपाल समाजवादी पार्टीले १ सिटमा मात्रै विजय हासिल गरेको छ ।माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी भने सो प्रदेशमा शून्य रहेको छ । सो प्रदेशमा स्वतन्त्रले १ सिटमा विजय हासिल गरेको छ ।
३६ सिटमध्ये ३४ सिटको मतगणना हुँदा २ स्थानमा अझै मत गणना बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ मंसिर २०७९, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती