महोत्तरी-४ बाट कांग्रेसका महेन्द्र राय यादव निर्वाचित

सफल खबर संवाददाता

शनिबार, १० मंसिर २०७९, १४ : ५४
महोत्तरी-४ बाट कांग्रेसका महेन्द्र राय यादव निर्वाचित

महोत्तरी। महोत्तरी ४ मा कांग्रेस उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका डा। सुरेन्द्र यादवलाई ४ हजार १ सय २४ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

महेन्द्रले २५ हजार ४ सय २० मत प्राप्त गएका र निकटतम् प्रतिस्पर्धी सुरेन्द्रले २१ हजार २ सय ९६ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।जनमत पार्टीका मनोजकुमार साहले १० हजार ३९ मत मत मात्र पाएका छन् ।

प्रतिक्रिया दिनुहोस