सप्तरी २ : उपेन्द्रलाई १८ हजार मतान्तरले पराजित गर्दै सिके राउत निर्वाचित

सफल खबर संवाददाता

बुधबार, ०७ मंसिर २०७९, १६ : २५
सप्तरी २ : उपेन्द्रलाई १८ हजार मतान्तरले पराजित गर्दै सिके राउत निर्वाचित

काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतको फराकिलो अन्तरले पराजित गर्दै राउत निर्वाचित भएका हुन् । राउतले ३५ हजार ४२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी यादवले १६ हजार ९७८ मत पाए ।

प्रदेश सभातर्फ दुईवटै क्षेत्रमा जनमत पार्टीले विजयी हासिल गरेको छ । सप्तरी २(१)मा सतिशकुमार र २(२)मा महेश यादव निर्वाचित भएका छन् । 

प्रतिक्रिया दिनुहोस