चलचित्र ‘बीर विक्रम २’ को हिन्दी ट्रेलर सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, १२ : ५०
चलचित्र ‘बीर विक्रम २’ को हिन्दी ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बीर विक्रम २’ को हिन्दी भाषाको ट्रेलर सार्वजनिक भएको छ । सोमबार ओएसआर इन्टरनेसनलको अफिसियल युट्युब च्यानल मार्फत चलचित्रको हिन्दी भाषाको ट्रेलर सार्वजनिक गरेको हो । कोरोना महामारीभन्दा अगाडि मिलन चाम्सले भारतका हल र डिजिटल प्लेटफर्ममा रिलिज गर्ने योजनासहित आफू निर्देशित तथा निर्मित उक्त चलचित्रलाई हिन्दी भाषामा डबिङ गरेका थिए । तर, महामारीका कारण फिल्म रिलिज अन्योल बनेको थियो ।

चलचित्र डिसेम्बर १ अर्थात मंसिर १५ गते बाट ओएसआर इन्टरनेशनलको युट्युब च्यानलमा हिन्दी डब रिलिज हुनेछ । उक्त चलचित्रको नेपाली भाषमा भने यूट्युबमा आइसकेको छ ।

प्रदीप भारद्धाजको लेखन रहेको चलचित्र २०७६ सालको जेठ ३ गते नेपालका हलमा प्रदर्शन भएको थियो । तर, कमजोर कथाबस्तुका कारण चलचित्र पहिलो भाग ‘बीर विक्रम ’ जस्तो सफल हुन सकेन ।

चलचित्रमा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस