दाङ-२ मा शंकर पोख्रेलसँग मतान्तर बढाउँदै माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, ०९ : ३९
दाङ-२ मा शंकर  पोख्रेलसँग मतान्तर बढाउँदै माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा

काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले मतान्तर बढाउँदै लगेकी छन् ।

गठबन्धनबाट साझा उम्मेदवार शर्माले नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेललाई पछाडि पार्दै आफ्नो अग्रता सुरुदेखि नै कायम राखेकी छन् ।

नेकपा एमाले महासचिव पोख्रेल  शर्माभन्दा १ हजार ३५२ मतान्तरले पछाडि छन् । १६ हजार २९ मत गणना हुँदा शर्माले ६ हजार ५६० र पोखरेलले ५ हजार २०८ मत पाएका छन् ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी छन् । उनले २ हजार ५६८ मत पाएका छन् । मंसिर ४ को निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा ७९ हजार मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस