नवलपरासी– १ मा कांग्रेसका विनोद चौधरी अगाडि

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, १९ : ५४
नवलपरासी– १ मा कांग्रेसका विनोद चौधरी अगाडि

नवलपरासी । पश्चिम नवलपरासीको दुवै निर्वाचन क्षेत्रको मतपरिणाम आउन सुरु भएको छ ।मतपरिणामअनुसार निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिएका छन्।

दुई हजार दुई सय मत गन्दा चौधरीले आठ सय ५३ मत प्राप्त गर्नुभएको छ भने उनका प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले छ सय ३२ मत प्राप्त गरेका छन्। चौधरी त्रिपाठीभन्दा दुई सय ८१ मतले अगाडि छन्।

 

प्रतिक्रिया दिनुहोस