धनगढी । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत सोमबारदेखि प्रतिनिधिसभा तर्फको मत गणना सुरु भएको छ । हालसम्म सुदूरपश्चिमका पाँच स्थानमा सुरु भएको मतगणनाअनुसार कांग्रेस ३ र नागरिक उन्मुक्ति पार्टीले २ स्थानमा अग्रता लगेका छन् ।
कांग्रेसले अछामको क्षेत्र नम्बर २, कञ्चनपुरर ३ र कैलाली–४ मा अग्रता लिएको छ । यसैगरी, कैलाली क्षेत्र नम्बर १ र ३ मा नागरिक उन्मुक्ती पार्टीले अग्रता लिगेको छ । प्रारम्भिक मत गणनामा एमाले र माओवादी केन्द्रको उम्मेदवारले अग्रता पाउन सकेका छैनन् ।
एमालेका उम्मेदवार अछाम २, कैलाली ४ र कञ्चनपुर ३ मा दोश्रो स्थानमा छन् । माओवादी केन्द्रका उम्मेदवार भने दोश्रो स्थानमा पनि देखिएका छैनन् । हालसम्म माओवादी केन्द्रले उम्मेदवारी दिएको एक स्थानमा मात्रै मतगणना सुरु भएको छ । कैलाली ३ मा माओवादी केन्द्रले गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवारी दिएकोमा प्रारम्भिक गणनामा माओवादी तेश्रो स्थानमा छ ।
अछाम २ मा कांग्रेसका पुष्प शाह, कञ्चनपुर ३ मा कांग्रेसका रमेश लेखक र कैलाली ४ मा कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिगेका छन् । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली १ मा रञ्जिता चौधरी र क्षेत्र नम्बर ३ मा गंगाराम चौधरी प्रारम्भिक गणनामा अगाडि छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण