धनगढी । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत सोमबारदेखि प्रतिनिधिसभा तर्फको मत गणना सुरु भएको छ । हालसम्म सुदूरपश्चिमका पाँच स्थानमा सुरु भएको मतगणनाअनुसार कांग्रेस ३ र नागरिक उन्मुक्ति पार्टीले २ स्थानमा अग्रता लगेका छन् ।
कांग्रेसले अछामको क्षेत्र नम्बर २, कञ्चनपुरर ३ र कैलाली–४ मा अग्रता लिएको छ । यसैगरी, कैलाली क्षेत्र नम्बर १ र ३ मा नागरिक उन्मुक्ती पार्टीले अग्रता लिगेको छ । प्रारम्भिक मत गणनामा एमाले र माओवादी केन्द्रको उम्मेदवारले अग्रता पाउन सकेका छैनन् ।
एमालेका उम्मेदवार अछाम २, कैलाली ४ र कञ्चनपुर ३ मा दोश्रो स्थानमा छन् । माओवादी केन्द्रका उम्मेदवार भने दोश्रो स्थानमा पनि देखिएका छैनन् । हालसम्म माओवादी केन्द्रले उम्मेदवारी दिएको एक स्थानमा मात्रै मतगणना सुरु भएको छ । कैलाली ३ मा माओवादी केन्द्रले गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवारी दिएकोमा प्रारम्भिक गणनामा माओवादी तेश्रो स्थानमा छ ।
अछाम २ मा कांग्रेसका पुष्प शाह, कञ्चनपुर ३ मा कांग्रेसका रमेश लेखक र कैलाली ४ मा कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिगेका छन् । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली १ मा रञ्जिता चौधरी र क्षेत्र नम्बर ३ मा गंगाराम चौधरी प्रारम्भिक गणनामा अगाडि छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
आर्थिक सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो
उत्तराखण्डका तीन विभागीयमन्त्रीसँग सुदूरपश्चिमका मुख्यमन्त्रीको भेटवार्ता
सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा
सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन
पञ्चेश्वर अगाडि बढ्छ, गेटामा मेडिकल विश्वविद्यालय बन्छ : प्रधानमन्त्री ओली