थप ४ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, १६ : ४२
थप ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५९२ जनामा गरिएको नमुना परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ४०६ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस