एजेन्सी । संयुक्त राष्ट्रसंघले युक्रेनको जापोज्जियास्थित आणविक केन्द्रमा आक्रमण गर्ने पागलपन नदेखाउन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय आणविक उर्जा एजेञ्सी प्रमुख राफेल ग्रोसीले जापोरिज्जिया आणविक केन्द्रलाई निशाना बनाएर भइरहेका बमबारी र क्षेप्यास्त्र आक्रमण ज्यादै खतरनाक पागलपनको संकेत भएको भन्दै चिन्ता व्यक्त गरे ।
युरोपको सवैभन्दा ठूलो आणविक केन्द्र आसपाको आक्रमण अक्षम्य र अस्वीकार्य हो भन्दै उहाँले यस्ता आक्रमणको पछाडि जोसुकै भए पनि तत्काल बन्द गर्न आह्वान गरे ।
आणविक केन्द्रलाई लक्षित गरेर रुस वा युक्रेन जोसुकैले आक्रमण गरिरहेको भएपनि उनीहरुले भयंकर आगोसंग खेलिरहेको ग्रोसीको भनाइ छ । आइतबार आणविक केन्द्रलाई लक्षित गरी दर्जन बढी विष्फोटहरु भएको थियो । जसका कारण उक्त केन्द्रका केही भागमा क्षति पुगिसकेको छ ।
उक्त आणविक केन्द्र रुसको नियन्त्रणमा रहेको छ भने पछिल्लो समय युक्रेनी सेनाले पनि आणविक केन्द्रलाई लक्षित गरी आक्रमण गरिरहेको आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०५ मंसिर २०७९, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एलडीसी स्तरोन्नति तीन वर्ष पर सार्न राष्ट्रसंघसमक्ष नेपालको औपचारिक आग्रह
अमेरिका–इरानसँग असल मनसायका साथ वार्तामा बस्न राष्ट्रसंघका महासचिवको अपिल
राष्ट्रसंघद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्त्वपूर्ण कूटनीतिक उपलब्धि
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
यमनका हुथी विद्रोहीद्वारा नियन्त्रणमा लिइएका सहायता कर्मचारीलाई रिहा गरिएको राष्ट्रसंघको घोषणा