डिशहोमको फिफा विश्वकपमा ‘फिल द म्याजिक अफ फुटबल इन डिशहोम’ अभियान

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, १२ : ४५
डिशहोमको फिफा विश्वकपमा ‘फिल द म्याजिक अफ फुटबल इन डिशहोम’ अभियान

काठमाडौं । डिश मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप २०२२ अभियान ‘फिल द म्याजिक अफ फुटबल इन डिशहोम’अभियान शुरू गरेको छ ।  नेपालको एक मात्र डिटिएच कम्पनी डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रसारण गर्नेछ । हरेक चार चार वर्षमा हुने विश्वकप फुटबललाई नेपाली फुटबलका फ्यानहरुले हर्षोल्लासका साथ स्वागत गर्ने गरेका छन् ।

नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरूको गतिबिधीलाई मध्यनजर गर्दै डिशहोमले धेरै उपहारहरूसहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरू जारी गरेको छ । 

त्यस अभियानमा सहभागी हुनका लागि सहभागीहरूले डिशहोमको फेसबुक पेजमा गई पोस्टमा #MagicalMomentsof (उनीहरूको मनपर्ने टिम जस्तै,MagicalMomentsofPortugal) प्रयोग गर्नुपर्नेछ । साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहरूको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस