नख्खु कारागारका ५१ कैदीबन्दीले गरे

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, १४ : ४३
नख्खु कारागारका ५१ कैदीबन्दीले गरे

काठमाडौँ । ललितपुरको नख्खुमा कारागारमा रहेकामध्ये ५१ जना कैदीबन्दीले मतदान गरेका छन्।

मतदाता नामावलीमा नाम रहेका कैदीबन्दीलाई मताधिकार दिने व्यवस्था अन्तर्गत निर्वाचन आयोगले नख्खु कारागारका ५४ जनाको नाम निर्वाचन आयोगले पठाएको थियो।

त्यसमध्ये एकजनाको नाम दोहोरिएको र दुईजना सजाय भुक्तान गरी रिहा भएकाले ५१ जना कैदीले कारागारभित्रै व्यवस्था गरिएको मतदान केन्द्रमा मत दिएका हुन्।

प्रतिक्रिया दिनुहोस