काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । अध्यक्ष थापाले हेटौंडा ६, चौघडास्थित वंशगोपाल मा।वि।मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका उनले मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यो निर्वाचन देशमा राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक समृद्धिको लक्ष्य हाँसिल गर्न कोशेढुंगा साबित हुने बताए ।
उनले निर्वाचनरुपी प्रजातान्त्रिक अभ्यासमा सहभागी हुँदा खुशी लागेको बताए । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आज देशभर नै एकै चरणमा सम्पन्न हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ मंसिर २०७९, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा