चितवनबाट मतदान गरेर गोर्खा पुगे प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, ११ : ०१
चितवनबाट मतदान गरेर गोर्खा पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिवतवनमा मतदान गरी गोरखा पुगेका छन् ।

आफ्नो मतदाता नामावली रहेको चितवनको भरतपुर नगरपालिका– १४ शिवनगरमा रहेको पुलिस स्कुलमा मतदान गरी प्रचण्ड गोरखा पुगेका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा गोरखाबाट उम्मेदवार बनेका प्रचण्ड शनिबार चितवन गएका थिए । मतदानपछि प्रचण्ड गोरखा जाने कार्यक्रम तय भएको थियो । सोही अनुसार प्रचण्ड गोरखा पुगेर प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कुन्दुनटार मतदाता केन्द्रको अवलोकन गरेका छन् ।