काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिवतवनमा मतदान गरी गोरखा पुगेका छन् ।
आफ्नो मतदाता नामावली रहेको चितवनको भरतपुर नगरपालिका– १४ शिवनगरमा रहेको पुलिस स्कुलमा मतदान गरी प्रचण्ड गोरखा पुगेका हुन् ।
प्रतिनिधिसभा निर्वाचनमा गोरखाबाट उम्मेदवार बनेका प्रचण्ड शनिबार चितवन गएका थिए । मतदानपछि प्रचण्ड गोरखा जाने कार्यक्रम तय भएको थियो । सोही अनुसार प्रचण्ड गोरखा पुगेर प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कुन्दुनटार मतदाता केन्द्रको अवलोकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ मंसिर २०७९, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष मतदानमा समानुपातिकभन्दा बढी मत बदर, कुल प्रतिशत घट्यो
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
१८ वर्षपछि ‘विप्लव’ले गरे मतदान
मुगुमा किरियापुत्रीले गरे मतदान
बालकोट पुगेर ओलीले गरे मतदान
राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान