चितवन–१ को द्वारिकादास माविमा रोकियो मतदान

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, ०९ : २४
चितवन–१ को द्वारिकादास माविमा रोकियो मतदान

काठमाडौं । सुरुमा प्रतिनिधिसभातर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभातर्फको दिएपछि चितवन क्षेत्र नम्बर–१ को एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ ।

रत्ननगर नगरपालिका–१४ स्थित द्वाारिकादास मावि मतदान केन्द्रमा १८ मत खसेपछि मतदान स्थगित गरिएको छ । १८ मत खसेपछि सुरुमा प्रतिनिधिसभातर्फको मतपत्र दिइएको थाहा भएको थियो ।

चितवन क्षेत्र नम्बर–१ का मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले अब फेरि सर्वदलीय बैठक बसेर मतदान गराउने प्रक्रिया अगाढि बढाइने बाह्रखरीलाई बताए ।

उनले सुरुमा संघको मतपत्र दिनुपर्नेमा प्रदेशको दिइएको र धेरै मत नखसेको हुँदा सर्वदलीय सहमतिपछि मतदान सुरु हुने जानकारी दिए ।