काठमाडौं । देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदाताहरु बिहानैदेखि आफ्नो जनप्रतिनिधि चयनका लागि मत खसाल्न लामबद्ध देखिएका छन् । हालसम्म देशका कुनैपनि स्थानमा अप्रिय घटना भएको खबर प्राप्त भएको छैन भने सर्वसाधारण मतदातादेखि दलका शीर्ष नेता, उम्मेदवारलगायत पनि मत खसाल्न बिहानैदेखि मतदान केन्द्रमा पुगेका छन् ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायकपर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदानका लागि करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा खटिएका छन् ।
आयागले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको जनाएको छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाकधम्की दिनेलगायत काम गरी निर्वाचनको स्वच्छतामा असर पु¥याउने कुनै पनि गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको हो ।
निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त सुरक्षाकर्मीको ‘रिजर्भ फोर्स’को व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ मंसिर २०७९, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुल्चोकमा मतदान जारी, साढे १ बजेसम्म १७०० मत खस्यो
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
एक घण्टा बाँकी रहँदा ६१ प्रतिशत मतदान
मधेसमा उपनिर्वाचन : दुई बजेसम्म ५७ प्रतिशत मतदान
रुकुम पश्चिममा उपनिर्वाचन : सानीभेरी गाउँपालिका–५ मा ९५० मत खस्यो
हुम्लाको सर्केगाडमा ४० प्रतिशत मतदान