काठमाडौं । सरकारले चुस्त सुरक्षा प्रबन्ध रहेकाले आइतबारको निर्वाचनमा ढुक्कका साथ मतदान कार्यमा सरिक हुन आह्वान गरेको छ । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले यसपटकको निर्वाचनमा तीन लाख हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनलेले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा कुनै शङ्का नगर्न आग्रह गरे। त्यसमा एक लाख १५ हजार म्यादी प्रहरी मात्रै रहेका छन् ।
मतदान केन्द्रको संवेदनशीलताका आधारमा तीन घेरामा सुरक्षाकर्मी खटिएका छन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेनाले सुरक्षा पहरा दिएको छ । “निर्वाचनको सबै सुरक्षा तयारी पूरा भएको छ, चारै सुरक्षा निकाय आफ्नो जिम्मेवारीअनुसार खटिएका छन्”, सिंहले भने, “ढुक्क भएर मतदान गर्ने अवस्था छ, सबै मतदातालाई आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म अनुकूल समयमा आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आह्वान गर्दछु ।”
शान्तिसुरक्षा चुनौती नगन्य रहेको जानकारी दिँदै उहाँले केही ठाउँमा नक्कली वस्तु राखेर तर्साउने गतिविधि देखिए पनि त्यस्ता गतिविधि नियन्त्रणमा सुरक्षाकर्मी सक्षम रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ मंसिर २०७९, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुल्चोकमा मतदान जारी, साढे १ बजेसम्म १७०० मत खस्यो