उदयपुर । जिल्ला कारागार शाखामा कैदी बन्दि जीवन बिताई रहेका २ सय ३० जना मध्ये मतदाता नामावलीमा नाम रहेका ६२ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन । भोली आईतवार मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्बाचनमा कैदी बन्दीहरुले पनि मतदान गर्न पाउने ब्यवस्था गरेका छन । जिल्ला कारागार उदयपुरमा सजाय भुक्तानरत कैदीबन्दी मध्ये ६२ जनाले मतदान गर्न पाउने भएको हो ।
कारागार प्रमुख (जेलर) डिगमबहादुर कार्कीले मतदाता नामावलीमा नाम दर्ता रहेका कैदीबन्दीलाई मताधिकार दिइएको बताए । उनका अनुसार कैदीबन्दीलाई समानुपातिकतर्फ मात्र मताधिकार हुनेछ भने प्रत्यक्ष तर्फ मतदानको अधिकार हुने छैन । कैदी बन्दीलाई मतदान गर्नका लागि कारागार परिसरमै मतदान केन्द्र निर्माण गरिएको छ ।
कारागारमा विभिन्न अपराधमा संलग्न भएर दोषी ठहरिएका र आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट पुर्पक्षका लागि थुनामा रहेका कैदी र बन्दीको संख्या २ सय ३० जना रहेको छ । जस मध्ये महिला कैदी बन्दीको संख्या ९ जना रहेको जेलर कार्कीले बताए । कैदी बन्दी बाहेक मतदान केन्द्रमा खट्ने अधिकृत, सहायक अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी देखि सुरक्षातर्फ खट्ने प्रहरी र म्यादी प्रहरी समेतलाई समानुपातिक तर्फ मताधिकार रहेको छ । उनीहरु जुन जुन केन्द्रमा खट्छन्, त्यहीँ त्यहीँ मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगको गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक अधिकृत धनबहादुर कार्कीले बताए ।
जस अनुसार जिल्लाका दुवै निर्वाचन क्षेत्रमा खट्ने २ हजार १२ कर्मचारीले समानुपातिकमा मतदान गर्ने छन् । उदयपुरको निर्वाचन क्षेत्र १ मा १ सय ५३ मतदान केन्द्रमा ८ जनाका दरले १ हजार २ सय २४ र २ नं. मा १ सय ११ केन्द्रमा ८ सय ८८ जना कर्मचारी खटिएको कार्कीले बताए ।
सुरक्षाकर्मी तर्फ भने कतिले मतदान गर्न पाउने भन्ने संख्या खुलाएको छैन । सामान्य अवस्थाका मतदान केन्द्रमा ३ जना प्रहरी र ५ जना म्यादी परिरचालन गर्ने नीति रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक एसपी ज्ञानेन्द्रप्रसाद फुयालले बताए । उनका अनुसार सुरक्षा संवेदनसिलता भएका केन्द्रमा भने त्यस भन्दा केही बढीदेखि दोब्बर सम्म सुरक्षाकर्मी परिचालन गर्नु पर्ने भएकाले मतदान गर्नेको संख्या यकिन भन्न नमिल्ले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ मंसिर २०७९, २० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष मतदानमा समानुपातिकभन्दा बढी मत बदर, कुल प्रतिशत घट्यो
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
१८ वर्षपछि ‘विप्लव’ले गरे मतदान
मुगुमा किरियापुत्रीले गरे मतदान
बालकोट पुगेर ओलीले गरे मतदान
राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान