थप ३ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शनिबार, ०३ मंसिर २०७९, १५ : ५८
थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२२ जनामा गरिएको नमुना परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ४३२ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस