चलचित्र ‘नम्बरी सुन’मा नम्रता अनुबन्धित

एजेन्सी

शनिबार, ०३ मंसिर २०७९, ११ : ५३
चलचित्र ‘नम्बरी सुन’मा नम्रता अनुबन्धित

काठमाडौं । निर्देशक राजु गिरीले निर्देशन गर्ने चलचित्र ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले उनीसँग औपचारिक रुपमा कागजी सम्झौता गरेका हुन् । चलचित्रमा नम्रताको जोडी अभिनेता आमेश भण्डारीसँग बाँधिने भएको छ ।

चलचित्रमा आमेश र नम्रता मुख्य भूमिकामा रहनेछन् । माघ २० गतेदेखि छायांकनको तयारीमा रहेको चलचित्रमा आमेश र नम्रतासँगै राजाराम पौडेल, सरोज खनाल, स्मृति वलीको पनि अभिनय रहने छ ।

लामो समयपछि यस चलचित्र मार्फत राजेन्द्र खड्गी अभिनयमा फर्किदै छन् भने अन्य कलाकार छनोट भइरहेको निर्माण टिमले जनाएको छ । लमजुङ, हेटौंडा र काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिने चलचित्र झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण हुनेछ । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ ।

प्रतिक्रिया दिनुहोस