विराटनगरमा शंकास्पद वस्तु फेला

सफल खबर संवाददाता

शनिबार, ०३ मंसिर २०७९, १० : ४६
विराटनगरमा शंकास्पद वस्तु फेला

विराटनगर । विराटनगर महानगरपालिका–३ पुष्पमार्गमा शंकास्पद वस्तु फेला परेको छ । शनिवार बिहान ७ बजे बजेतिर शंकास्पद एउटा झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको जानकारी दिए ।

‘पुष्पलाल चोकदेखि दक्षिणतिर पुष्पमार्गमा शंकास्पद वस्तु फेला परेको छ,’ उनले भने, ‘अहिले नेपाली सेनाको बम डिस्पोजन टोलीलाई खबर गरिएको छ । सेनाको टोली घटनास्थलतिर जाँदैछ ।’

शंकास्पद वस्तु फेला परेपछि स्थानीय वासिन्दा त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस