कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

शुक्रबार, ०२ मंसिर २०७९, ०७ : ५९
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मौमस पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू(भागहरूमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

साथै, तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अनुरोध महाशाखाको छ ।

प्रतिक्रिया दिनुहोस