लैंगिक समावेशी र अपाङ्ग मैत्री मतदान केन्द्र बनाउन आयोगको निर्देशन

सफल खबर संवाददाता

विहीबार, ०१ मंसिर २०७९, २० : २३
लैंगिक समावेशी र अपाङ्ग मैत्री मतदान केन्द्र बनाउन आयोगको निर्देशन

काठमाडौं । आइतबार (मंसिर ४ गते) हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्र निर्माण गर्दा लैंगिक समावेशी र अपाङ्ग मैत्री बनाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । 

आयोगले बिहीबार पत्रकार सम्मेलन गरी सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन समेत आवश्यक निर्देशन दिइएको जनाएको हो । 

यस्तै मतदान शुरू हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने/गराउने कार्यलाई पूर्ण रूपले निषेध गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको समेत आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस