कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

विहीबार, ०१ मंसिर २०७९, ०७ : ५१
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल देशको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबार बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। 

यस्तै दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी  भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यसैगरी प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ । 

यस्तै राति  प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी  भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि नियमित बुलेटिनमा स्पष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस