प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिक बम विस्फोट

सफल खबर संवाददाता

बुधबार, ३० कार्तिक २०७९, १४ : ५३
प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिक बम विस्फोट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै  एक व्यक्तिले बोकेको बम विस्फोट भएको हो । 

बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रदेश श १ प्रहरी कार्यालयका एसपी नवीनराज राईले जानकारी दिए । बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
 

प्रतिक्रिया दिनुहोस