काठमाडौं । आउँदो मङ्सिर महिनाका लागि बैंकिङ ब्याजदर नघट्ने भएको छ । मंगलबार बसेको नेपाल बैंकर्स संघको बैठकले मङ्सिर महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।
अझै आर्थिक सूचकहरूको स्थिति सकारात्मक नभएको र तरलतासमेत सहज हुन नसकेको निष्कर्ष निकाल्दै बैंकर्स संघले मङ्सिर महिनाका लागि ब्याजदर यथावत् राख्ने निर्णय गरेको संघका उपाध्यक्ष समेत रहेका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसीले जानकारी दिए ।
अघिल्लो महिना भद्र सहमतिलाई भङ्ग गर्दै बैंकर्स संघले ब्याजदर निर्धारणको अधिकार बैंकहरुलाई नै दिएको थियो । योसँगै वाणिज्य बैंकहरुले आफू खुसी निक्षेपमा १० प्रतिशतसम्मले ब्याजदर वृद्धि गरेका थिए ।
व्यक्तिगत मुद्दती बचतको ब्याजदर ११.०३ प्रतिशत कायम भएको छ भने रेमिट्यान्स खातामा बैंकहरुले १२.०३ प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । निक्षेपको ब्याजदर बढेसँगै यता कर्जाको ब्याजदर बढेर १८ प्रतिशत माथि पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ कार्तिक २०७९, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?