काठमाडौं । आउँदो मङ्सिर महिनाका लागि बैंकिङ ब्याजदर नघट्ने भएको छ । मंगलबार बसेको नेपाल बैंकर्स संघको बैठकले मङ्सिर महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।
अझै आर्थिक सूचकहरूको स्थिति सकारात्मक नभएको र तरलतासमेत सहज हुन नसकेको निष्कर्ष निकाल्दै बैंकर्स संघले मङ्सिर महिनाका लागि ब्याजदर यथावत् राख्ने निर्णय गरेको संघका उपाध्यक्ष समेत रहेका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसीले जानकारी दिए ।
अघिल्लो महिना भद्र सहमतिलाई भङ्ग गर्दै बैंकर्स संघले ब्याजदर निर्धारणको अधिकार बैंकहरुलाई नै दिएको थियो । योसँगै वाणिज्य बैंकहरुले आफू खुसी निक्षेपमा १० प्रतिशतसम्मले ब्याजदर वृद्धि गरेका थिए ।
व्यक्तिगत मुद्दती बचतको ब्याजदर ११.०३ प्रतिशत कायम भएको छ भने रेमिट्यान्स खातामा बैंकहरुले १२.०३ प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । निक्षेपको ब्याजदर बढेसँगै यता कर्जाको ब्याजदर बढेर १८ प्रतिशत माथि पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ कार्तिक २०७९, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?
तरलता व्यवस्थापन गर्न २५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
सिन्धुलीमा कर्मचारीलाई बाँधेर बैंक लुटपाट, स्थानीयले भेटे बोरामा पैसा
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
आन्दोलनबाट बैंकका ६८ कार्यालयमा क्षति, बैंकिङ सिस्टममा समस्या नरहेको गभर्नरद्वारा जानकारी
एक दर्जन बैंकले बढाए खराब कर्जा, कुनकाे कति ?