इलाम । माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले ४मंसिरको चुनावमा पार्टी हार्ने भएपछि एमाले अध्यक्ष केपी ओली जथाभावी बोल्दै हिंडन थालेको टिप्पणी गरेका छन् ।
कहिले के र केहिले के बोल्दै हिंडेको भन्दै उनले ओलीका पछिल्ला अभिव्यक्ति उनको हारको संकेत भएको बताए । ओलीले कहिले पाँच हजार मिटरमाथि उडिरहेको हेलिकोप्टरबाट खसेको, कहिले खोलाले बगाएर २० किलोमिटर तल पु¥याए पनि बाँचेको जस्ता अभिव्यक्ति ओलीले दिएको उनको भनाइ थियो । तामाङले ओलीले केही दिनअघि एक नाइट क्लबमा गएर ¥याप गीत गाएकामा पनि टिप्पणी गरे ।
यसपटकको निर्वाचनमा देशभरि गठबन्धन जित्दैछ, गठबन्धन आउँदैछ । त्यही भएर केपी ओली अत्तालिएर कहिले के भन्दै हिंडेका छन् । कहिले के भन्दै हिंडेका छन् । कहिले ५ हजार मिटरको हेलिकोप्बटरबाट लडें भनेका छन् । कहिले तीन बल्ड्याङ खाएँ भनेका छन् । कहिले मलाई खोलाले २० किलोमिटर बगाएर भारतमा निकाल्यो भन्दै हिंडेका छन्’, सत्तारुढ गठबन्धनले इलाममा आयोजना गरेको चुनावीसभामा तामाङले भने, ‘ केपी ओली हिजो अस्ती एलओडी गएर यो यो यो गर्दै ¥याप गित हाने । अब ४ गतेपछि केपी ओली ¥याप गीतले मात्र थाम्दैनन् ।
एमालेका मित्रजनहरु मंसिर ४ गतेपछि तपाईंहरुलाई ¥याप होइन, झ्यापले तपाईंहरुलई ढाल्ने छ ।’ तामाङले ओलीले जनतालाई पछिल्लो केही वर्ष विकासका नामा छारो हालेर छक्याउन सफल भए पनि अब जनताले कुरा बुझिसकेकाले उनको छलछाममा विश्वास नगर्ने बताए । फरक प्रसंगमा उनले अघिल्ला पुस्ताका नेताहरुले युवाहरुलाई ठाउँ दिनुपर्ने बताए ।
‘हामी युवाहरु पनि एक दिन बुढा हुन्छौं । हामीले युवा आउनुपर्छ भनेको बुढाको विरोध गरेको होइन’, तामाङले भने, ‘तर, युवा आए पनि बुढा आए पनि जो आए पनि जनातको जीवनमा परिवर्तन आउने गरी, जनताको आकांक्षा पूरा गर्ने गरी काम गर्नुपर्छ भनेको हो हामीले । युवाहरुलाई पालो दिनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २९ कार्तिक २०७९, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली
रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन