चितवन । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा राष्ट्रिय कलाकारहरु खटिएका छन् । सत्तारुढ गठबन्धन उम्मेदवारलाई मत माग्दै नेपाल सांस्कृतिक संघको टोली देशव्यापी रुपमा चुनावी प्रचारमा छ । टोलीमा नेपाल सांस्कृतिक संघ सभापति तीर्थ थापा, महामन्त्री शिव शंकर रिजाल ‘जोगिन्दर’, सह–महामन्त्री चेतबहादुर सिंह ‘राजा’ , चर्चित कलाकार कविता गेलाल, गायक मदन थापा, गायिका जालुमाया गुरुङ र भेषराज पौडेल रहेका छन् ।
चुनावी सांस्कृतिक अभियानअन्तर्गत नवलपरासीबाट प्रचारप्रसारको अभियान सुरु गरेको यस टोलीले नेपालका पश्चिम भेगका थुप्रै जिल्लामा सहभागी भई अहिले पूर्वतर्फ लागेको छ ।
पूर्वको झापामा पुगेर कार्यक्रम समापन गरिने नेपाल सांस्कृतिक संघ सभापति तीर्थ थापाले बताए । चुनावी प्रचारकै क्रममा टोलीले चितवनमा पनि आफ्नो प्रस्तुति देखाएको थियो । गठबन्धनले चितवनमा आयोजना गरेको आमसभाको क्रममा कलाकारहरुले विशेष प्रस्तुति गरेका थिए ।
गठबन्धनको आवश्यकताका विषयमा गीत, नृत्य, प्रशासन, कला र प्रस्तुतिबाट आमनागरिकलाई जानकारी गराउन सक्ने भएकाले यो अभियानलाई निरन्तरता दिइएको महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दरले बताए ।
संविधानको रक्षा र देशको विकासका लागि अहिले गठबन्धनको अति आवश्यक रहेको बताउदै उनले हरेक क्षेत्रको विकासका लागि अहिले गठबन्धन विना सम्भव नभएकोले गठबन्धनका उम्मेदवारलाई विजय गराउन देशव्यापी अभियानमा लागेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ कार्तिक २०७९, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन १४ दिन बाँकीः अस्थायी मतदाता नामावली कार्यविधि जारी
निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम
६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ