दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। आइतबार भएको झडपमा परेर सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन्।
नेकपा माओवादी केन्द्रका जयभानसिंह धामी घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीका अनुसार ३५ वर्षीय धामीको प्राथमिक स्वास्थ्य केन्द गोकुलेश्वरमा उपचार गराई थप उपचारका लागि धनगढी लगिएको छ।
घाइते धामी माओवादी केन्द्र काठमाडौँ–दार्चुला सम्पर्क समन्वय समितिका अध्यक्ष हुन्। यसअघि गत साता सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच अपिहिमाल गाउँँपालिकामा झडप भएको थियो। घटनापछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको शाहीले बताए।
सो क्षेत्रमा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ कार्तिक २०७९, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध फर्सीको बिउ बरामद गर्ने क्रममा झडप, प्रहरीसहित ६ जना घाइते
मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबिच झडप
सुनसरी-४ मा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
कर्फ्यूबीच सिमरा बजारमा प्रदर्शन र झडप
दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा झडप
कैलाली कारागार झडपबारे १० दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन