काठमाडौं । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेतमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ । यद्यपि, सो गठबन्धनले जितेमा कांग्रेस सभापति शेरबहादुर देउवा नै पुनः प्रधामन्त्री हुने अनुमान गरिएको छ । तर, सो गठबन्धनमा भावी प्रधानमन्त्रीका लागि पाँच जनाले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।
उता एमाले नेतृत्वमा रहेको गठबन्धनले चुनावमा बहुमत ल्याएमा भने एमालेका अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निश्चित छ । एमालेले ‘मंसिर ४, ओली सरकार’ भन्दै आपूmहरूले जितेमा ओली नै पाँच वर्षका लागि प्रधानमन्त्री हुने भन्दै सोहीअनुसार प्रचारप्रसारलाई देशव्यापी बनाइरहेको छ । आगामी ४ मंसिरमा हुने आमनिर्वाचनपछि को प्रधानमन्त्री बन्ला भन्ने सर्वत्र जिज्ञासा बढिरहेको अवस्थामा सत्तारूढ गठबन्धनले भने प्रधानमन्त्रीको निर्विकल्प उम्मेदवार छान्न सकेको छैन ।
सत्तारूढ दलभित्रै प्रधानमन्त्रीका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पुर्व महामन्त्री शशांक कोइराला, कांग्रेस नेता शेखर कोइराला प्रधानमन्त्रीको दाबेदारका रूपमा देखिएका छन् । यस्तै, गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनावपछिको प्रधानमन्त्रीको दाबेदारका रूपमा रहेका छन् ।
सामान्यतया विगतका अनुभव हेर्ने हो भने आमनिर्वाचन हुनुअघि नै दलहरूले भावी प्रधानमन्त्रीका रूपमा आफ्नो नेतृत्वलाई अघि सार्ने गरेका छन् । २०४६÷४७ सालको जनआन्दोलनपछि भएका विभिन्न निर्वाचनमा तत्कालीन समयका प्रमुख दुई दल कांग्रेस र एमालेले चुनावअघि नै भावी प्रधानमन्त्रीको रूपमा आफ्नो नेतृत्वलाई अघि सारेको थियो । त्यतिबेला भएका विभिन्न चुनावमा एमालेले मनमोहन अधिकारी तथा कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको रूपमा अघि सार्दै निर्वाचनमा होमिएका थिए ।
गठबन्धनबाट भावी प्रधानमन्त्री देउवा नै
चुनावमा गठबन्धनले बहुमत ल्याएमा भावी प्रधानमन्त्री फेरि पनि पार्टी सभापति शेरबहादुर देउवा नै हुनुहुनेछ । यसमा कसैले विरोध गर्ने कुरै छैन । उहाँ नै सर्वसम्मत प्रधानमन्त्री हो । अरूको दाबीको अर्थ छैन । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २८ कार्तिक २०७९, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुक्रबारबाट संसद्को बजेट अधिवेशन अन्त्य गर्ने सहमति
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
कोशी प्रदेश : सभामुखलाई राजीनामा गराएरै भएपनि नेतृत्व लिने गठबन्धनको तयारी
कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय
गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर बजेट पास गर्ने बालुवाटारमा सहमति
सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै