पिएसजीको फराकिलो जित

सफल खबर संवाददाता

आइतबार, २७ कार्तिक २०७९, २० : ३७
पिएसजीको फराकिलो जित

काठमाडौं ।  फ्रेन्च लिग वानअन्तर्गत आज सम्पन्न खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ। ऊ अक्सरेविरुद्व ५–० ले विजयी भएको हो ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा पिएसजीलाई फराकिलो जित दिलाउन केलियन एम्बाप्पे,कार्लोस सोलर,अचरफ हाकिमी,रेनाटो साञ्चेज र ह्युगो एकिटिकेले एक–एक गोल गरे ।

खेलको ११औं मिनेटमा एम्मबाप्पेको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । ५१औं मिनेटमा सोलरले टोलीको अग्रता दोब्बर बनाए ।

५७औं मिनेटमा हाकिमीले पिएसजीका लागि तेस्रो गोल गरे । ८१औं मिनेटमा साञ्चेजले गोल गर्दा टोली ४–०ले अघि बढ्यो ।

८४औं मिनेटमा एकिटिकेले गोल गर्दै पिएसजीले ५–०को फराकिलो जित निकाल्यो ।

यो जितसँगै १५ खेलमा ४१ अंक जोडेको पिएसजी शीर्ष स्थानमा कायम रहँदा पराजित अक्सरे समान खेलबाट आठ अंकका साथ १६औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस