२ करोड १५ लाख पर्ने फोर्ड रेन्जर र्‍याप्टर नेपालमा भित्रियो

सफल खबर संवाददाता

आइतबार, २७ कार्तिक २०७९, १६ : ३९
२ करोड १५ लाख पर्ने फोर्ड रेन्जर र्‍याप्टर  नेपालमा भित्रियो

काठमाडौं । फोर्ड रेन्जर र्‍याप्टर को नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्‍याप्टर नेपाली बजारमा आएको छ । फोर्ड पर्फमेन्सको अवधारणा अनुरुप डिजाईन तथा इन्जिनियर गरिएको नेक्स्ट–जेन रेन्जर र्‍याप्टरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरु राखिएको कम्पनीले जनाएको छ । जसले अफ–रोड गाडीहरुको श्रेणीमा एउटा नयाँ आयाम बनाएको बताइएको छ । 

अफ–रोड भू–भाग मध्यनजर गरी विभिन्न नयाँ सुविधा तथा प्रविधि जडान गरिएको नेक्स्ट–जेन रेन्जर र्‍याप्टरमा नयाँ ट्वीन–टर्वो ३.० लिटर इकोबुस्ट भी६पेट्रोल ईन्जिन जडान रहेको छ । यसले ५६५० आरपीएममा ३९७ पीएस पावर प्रदान गर्दछ भने ३५०० आरपीएममा ५८३ एनएम टर्क उत्पादन गर्ने कम्पनीको भनाइ छ ।

नयाँ नेक्स्ट–जेन रेन्जर र्‍याप्टरमा सात ड्राईभ मोडहरु छन् । जसमा अन–रोडको लागि नर्मल, स्पोर्ट र सिल्परी र अफ–रोडको लागि रक क्रल, स्याण्ड, मड एण्ड रट्स र बाजा ।नयाँ इन्टेरियर हार्डकोर अफ–रोड रेसरहरुको लागि ध्यानमा राखी डिजाईन गरिएको बताउँदै कम्पनीले भनेको छ, ‘इन्स्ट्रुमेन्ट प्यानल, ट्रिम र सीटहरुमा रहेको फोर्ड पर्फमेन्स ‘कोड ओरेन्ज’ एक्सेन्टलाई र्‍याप्टरको एम्बियन्ट लाईटिङले बृद्वि गरिएको छ । एफ–२२  ¥यापटर जेट फाइटरका सीटहरुबाट प्रेरित भएर अगाडी र पछाडीका सीटहरुले यात्रुहरुलाई सडकमा वा अफ–रोडमा आरामदायी सवारीको अनुभुति दिन्छन् । ’      
फोर्ड रेन्जर र्‍याप्टर  एब्सोल्युट ब्ल्याक, आर्टिक ह्वाइट, कोड ओरेन्ज र कन्कर ग्रे सहित चार आकर्षक रंगहरूमा उपलब्ध छन् । यसको मूल्य रु.२.१५ करोड तोकिएको छ ।
 

प्रतिक्रिया दिनुहोस