चल्न सकेनन् पाकिस्तानी ब्याटर, उपाधिका लागि इंग्ल्यान्डलाई सामान्य लक्ष्य

सफल खबर संवाददाता

आइतबार, २७ कार्तिक २०७९, १५ : ३८
चल्न सकेनन् पाकिस्तानी ब्याटर, उपाधिका लागि इंग्ल्यान्डलाई सामान्य लक्ष्य

काठमाडौं । आइसिसी टि२० विश्वकप २०२२ को उपाधिका लागि पाकिस्तानले इंग्ल्यान्डलाई सामान्य लक्ष्य दिएको छ । 

मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनायो । पाकिस्तानका लागि कुनै खेलाडीले अर्धशतकिय पारी खेलेनन् । 

कप्तान बाबर आजमले ३२ रन बनाउँदा ओपनर मोहम्मद रिजवान १५ रनमै आउट भए । शान मसूदले ३८, सादाब खानले २० रन बनाए । अन्य राम्रो प्रदर्शन गरेनन् । इंग्ल्यान्डका साम करनले तीन विकेट लिँदा आदिल रशीद र क्रिस जोर्डनको नाममा दुई/दुई विकेट रह्यो । 

प्रतिक्रिया दिनुहोस