रुसी सेना फर्किएपछि खेरसनका सर्वसाधारणमा उल्लास

एजेन्सी

आइतबार, २७ कार्तिक २०७९, १० : २८
रुसी सेना फर्किएपछि खेरसनका सर्वसाधारणमा उल्लास

एजेन्सी । युक्रेनी अधिकारीहरूले रुस खेरसनबाट फिर्ता भए पनि युद्ध समाप्त नभएकोु  भन्दै आफ्ना नागरिकहरुलाई चेतावनी दिएका छन् ।

रुसले खेरसनबाट आफ्ना सेना फिर्ता गरेको घोषणा गरेपछि पनि  सप्ताहन्तमा उत्सवहरू जारी रहँदा युक्रेनी अधिकारीहरुले उक्त चेतावनी दिएका हुन् । हर्षोल्लास पूर्ण भीडले शुक्रबार युक्रेनी सेनालाई शहरमा स्वागत गरे । फेब्रुअरीमा युद्ध सुरु भएपछि रुसी सेनाले खेरसनलाई नियन्त्रणमा लिएको थियो ।

राजधानी किभ र ओडेसालगायत युक्रेनका अन्य क्षेत्रहरूमा पनि यस्तै उल्लास पूर्ण दृश्यहरू रिपोर्ट गरिएको थियो । तर, मस्कोको महत्वाकांक्षालाई चोट लागे पनि युक्रेनी अधिकारीहरू सतर्क छन् । 

युक्रेनी रक्षा मन्त्रीका सल्लाहकार युरी साकले  ‘उत्सब मनाउनु धेरै चाँडो’ हुने चेतावनी दिए। ‘हामीले सधैं विश्वास गर्यौं कि हामी खेरसनलाई मुक्त गर्नेछौं’, उनले रेडियो ४ को टुडे कार्यक्रममा भने । रुसले युक्रेन युद्धमा कहिल्यै विजयी नहुने उनले दाबी गरे । रुसी प्रचार यन्त्रमा त्रास बढेको  उनले बताए ।

प्रतिक्रिया दिनुहोस