झापा । लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा, इलाका प्रहरी कार्यालय धुलावारी र इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित शनिबार एक जनालाई पक्राउ गरेको छ ।
झापाको कचनकवल १ घर भई हाल बुद्ध शान्ति-३ बस्ने वर्ष ३१ को मोहमद हुसेनलाई चेक जाँच गर्दा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिस्याइलो पदार्थ १०२ ग्रामसहित फेला परेकोले पक्राउ गरिएको हो ।
उनीसँग थप सोधपुछ गर्दा झापाको मेचीनगर ८ बस्ने विकाश राजबंशी कोठामा लुकाई छिपाइ राखेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिस्याइलो पदार्थ २५ ग्राम २५० मिलिग्राम र डिजिटल तराजु थान १ फेला परेको प्रहरीले जनाएको छ ।
हुसेनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलावारीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ कार्तिक २०७९, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
लागूऔषधसहित पाँच जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ
रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ