सिटी र चेल्सी पराजित

सफल खबर संवाददाता

आइतबार, २७ कार्तिक २०७९, ०७ : ५५
सिटी र चेल्सी पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर सिटी र चेल्सी पराजित भएका छन् । 

सिटी घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २–१ ले पराजित भयो । ब्रेन्टफोर्डको जितमा इभान टोनी दुबै गोल गरे । यस अघि फिल फोडेनले सिटीका लागि बराबरी गोल गरेपनि ब्रेन्टफोर्डलाई रोक्न सकेन । 

जितसँगै ब्रेन्टफोर्डले १५ खेलमा १९ अंक जोडेर १०औं स्थानमा छ । सिटी १४ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा छ । राति नै भएको अर्को खेलमा चेल्सी तेस्रो स्थानको न्युक्यासलसँग १–० ले पराजित भयो । 

न्युकासलको जितमा जोए विल्कले ६७औं मिनेटमा निर्णायक गोल गरे । न्युकासलले १५ खेलमा ३० अंक जोडेर तेस्रो स्थानमा छ । चेल्सी २१ अंक जोडेर आठौं स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस