राजनितिक सुझबुझ अभावमा खतराको 'घंटी' तर्फ किन लम्किदै छन् रवि लामिछाने ?

सफल खबर संवाददाता

शनिबार, २६ कार्तिक २०७९, ११ : ३८
राजनितिक सुझबुझ अभावमा खतराको 'घंटी' तर्फ किन लम्किदै छन् रवि लामिछाने ?

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य हुन होमिएका उम्मेदवारहरु यतिबेला दिनरात नभनि प्रचारप्रसार मार्फत मतदाता लोभाउन प्रयासरत छन् । दिनहुँ भईरहेको चुनावी सभा तथा घरदैलो कार्यक्रमले देश निर्वाचनमय बनेको छ ।

निर्वाचनमा होमिएपछि जसरी पनि जित्नैपर्ने मनसायमा रहेका कतिपय उम्मेदवारहरु आडम्बरी र आदर्शका कुरा गर्दै मतदाता रिझाउन प्रयासरत छन् । ति उम्मेवारहरु  मध्य कतिपय नेताहरुको ५ वर्षे कार्यकाल मतदाताको नजरमा टेष्टेड समेत भईसकेका छन् । तर उनीहरु यसअघि आफुले गरेको वाचा पुरा गर्न नसकेको कारण देखाउदैं यसपटक जिम्मेवारी र सुझबुझका साथ गर्ने भन्दै आफुलाई जिताउन आग्रह गरिरहेका देखिन्छन् । 

त्यस्तै, स्थानिय तहको निर्वाचनको झल्को दिने गरि अहिले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य बन्न नयाँ र स्वतन्त्र उम्मेदवारहरुको लर्को नै लागेको छ । उनीहरु मतदाता समक्ष आफ्नो एजेण्डा प्रस्तुत गर्दै मतदान गर्न आग्रह गरिरहेका छन । त्यस्तै नयाँ भनिएका मध्य पहिलो पटक निर्वाचनमा होमिएर निकै चर्चामा रहेका व्यक्ती हुन चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार रवि लामिछाने ।

उनी निर्वाचित हुन्छन् कि पराजित, त्यो मंसिर ४ पछि नै थाहा होला, तर उनको महात्वकाक्षीं सोच र योजना हेर्ने हो भने काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह बने जस्तै आफु तिलस्मी रुपमा प्रधानमन्त्री हुन्छु र २४ घंटामै देशको कायापलट गरिदिन्छु भन्ने सोचले उनलाई झनै खतराको घंटी तर्फ डो¥याएको त छैन् ? भन्ने एक खालको मतदाताको बुझाई  रहेको छ ।

उनी निर्वाचित हुन्छन् कि पराजित, त्यो मंसिर ४ पछि नै थाहा होला, तर उनको महात्वकाक्षीं सोच र योजना हेर्ने हो भने काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह बने जस्तै आफु तिलस्मी रुपमा प्रधानमन्त्री हुन्छु र २४ घंटामै देशको कायापलट गरिदिन्छु भन्ने सोचले उनलाई झनै खतराको घंटी तर्फ डो¥याएको त छैन् ? भन्ने एक खालको मतदाताको बुझाई  रहेको छ ।

रवि लामिछाने साउन महिनाभरि नै देश दौडाहामा रहे। उनले झापा, धरान, इटहरी, जनकपुर, काभ्रे, धादिङ, चितवन, पोखरा, बुटवल, सुर्खेत, दाङ, नेपालगन्ज, धनगढीजस्ता ठाउँमा गरेका भेलामा मानिसहरू उल्लेख्य संख्यामा उनलाई हेर्न र उनका कुरा सुन्न आए। ती ठाउँमा आएको भीडले रविको मनको कुनामा रहेको प्रधानमन्त्री बन्ने महत्वाकांक्षामा आगो झोसिदिएको छ। अहिले उनी आफूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्न थालेका छन्। 

साउन १५ गते कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पार्टी भेलामा उनले भने, ुम जहाँ रहन्छु, अन्याय, बेथितिविरूद्ध बोलिरहन्छु। नागरिकका समस्या थुप्रै छन्, ती समस्या समाधान गर्छु। मेरो नेतृत्वमा सरकार बने २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्छु।' असार ३० गते झापामा भएको पार्टी भेलामा उनले भने, ुमैले अहिले लगाएको तलदेखि माथिसम्मको पोसाक नेपाली उत्पादन हो। म निरन्तर नेपाली उत्पादन मात्रै प्रयोग गर्नेछु।'  लोकतन्त्र र त्यसका मूल्यमान्यता, नेपाली समाजका मूल राजनीतिक, आर्थिक तथा सामाजिक प्रश्न, नेपालले अपनाएको संसदीय प्रणाली, समानुपातिक निर्वाचन प्रणाली र तिनका गुण वा दोषबारे रवि अनभिज्ञ मात्र छैनन्, त्यसमा उनको रूचि र चासो पनि देखिन्न। यो पद्धति र राज्य सञ्चालनका जटिलता र तिनमा सुधारका मुद्दाबारे बुझ्ने प्रयत्न त झनै परको कुरा१

केवल प्रधानमन्त्री बन्ने भुत उनमा यस्तरी सवार छ, म पछि परेँ कि भनेर उनी हतार(हतार यो दौडमा सामेल छन्। र, यो हतारो बालेन शाहले काठमाडौंको मेयर जितेपछि उनमा देखिएको हो। मत सर्वेक्षण गर्ने एउटा कम्पनीले केही वर्षअघि 'नेपाली जनताले केपी शर्मा ओलीपछि तिमीलाई प्रधानमन्त्रीमा देख्न चाहेका छन्भ'नेर उनलाई भनिदिएको थियो। उनको मनमा प्रधानमन्त्री बन्ने सपना टुसाएको त्यही बेलादेखि हो।

तै पनि राजनीतिमा हामफाल्ने निधो उनले गरिसकेका थिएनन्। जब, बालेन भारी मतान्तरसहित काठमाडौंको मेयरमा चुनिए, उनलाई लाग्यो- मैले लिनुपर्ने ठाउँ बालेनले लियो, ऊ राजनीतिको नयाँ हिरो हुन लाग्यो। त्यसपछि ग्यालेक्सी टिभीका लगानीकर्ताको विश्वासमाथि लात हानेर उनी बिनातयारी राजनीतिमा हामफालेका हुन्। यसले राजनीति, संविधान, संसदीय प्रणाली, निर्वाचन र मुलुकका प्रमुख राजनीतिक(आर्थिक विषयमा उनमा रहेको आधारभूत ज्ञान र सुझबुझको अभाव पछिल्ला केही महिनामै छताछुल्ल भएको छ।

जसरी रविले राजनीति चिनेका छैनन्, त्यसरी नै रविलाई हेर्न, सुन्न र सेल्फी खिच्न जिल्ला-जिल्लामा आएका मानिसले रविलाई चिनेका छैनन् । उनका बारेमा उनीहरूलाई धेरै थाहा छैन। उनीहरूलाई रविले चलाउने 'सिधा कुरा जनतासँग' कार्यक्रमबारे थाहा छ।  टेलिभिजनको पर्दामा पत्रकारिताको आधारभूत मर्यादाविपरीत ठाउँको ठाउँ दूध र पानी, न्याय र अन्याय छुट्टयाउने न्यायाधीश रविबारे थाहा छ। अनि टेलिभिजन पर्दाको त्यो 'नायक र न्यायाधीश' ले राजनीतिमा त्यस्तै गरेको हेर्ने हुटहुटी छ।

 

प्रतिक्रिया दिनुहोस