निर्वाचनलाई समावेशी तथा अपाङ्गतामैत्री बनाउन आयोगको निर्देशन

सफल खबर संवाददाता

विहीबार, २४ कार्तिक २०७९, २० : ०२
निर्वाचनलाई समावेशी तथा अपाङ्गतामैत्री बनाउन आयोगको निर्देशन

काठमाडौं। निर्वाचन आयोगले आम निर्वाचनलाई समावेशी तथा अपाङ्गतामैत्री बनाउन निर्देशन दिएको छ । बिहीबार आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई समावेशी तथा अपाङ्गतामैत्री बनाउन निर्देशन दिएका हुन् ।

आयोगले समावेशी तथा अपाङ्गतामैत्री बनाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा निर्वाचनमा खटिने सबै कर्मचारीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस