राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति पुनलाई

सफल खबर संवाददाता

सोमबार, २१ कार्तिक २०७९, २० : २६
राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति पुनलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकेकी छन्। राष्ट्रपतिले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति भण्डारी जनगणतन्त्र आइसल्याण्डको ६ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन्।महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान गरेकी हुन्।

भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी यही कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस