खोटाङ । खोटाङमा नेपाली कांग्रेसका वडा सभापतिसहित ६३ जना एमाले प्रवेश गरेका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका(४ बतासेका वडा सभापति एवं नेपाल विद्यार्थी संघका जिल्ला सचिव राजदेश राईको नेतृत्वमा ६३ जना एमाले प्रवेश गरेका हुन् ।
आइतबार बतासेमा भएको एमालेको चुनावीसभामा वडाध्यक्ष राई, पूर्वकार्यवाहक सभापति तीलककुमार राई, वडा सचिव प्रेम राई, सहसचिव नारायण राई र सुरेन्द्र भुजेल, अग्रज नेता महेश्वर राई, वडा कार्यसमिती सदस्य सुनिल राई, म्यानबहादुर भुजेल, ओम राई, राजकुमार राई, रिजित राई, किरण राईलगायतको टोली एमाले प्रवेश गरेका हुन् । पार्टी परित्यागको घोषणा गरेको कही समयपछि कांग्रेस नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण उनीहरूले पार्टी परित्याग गरेका हुन् ।
कांग्रेस नेता तथा कार्यकर्तासँगै जसपा खोटाङका जिल्ला सदस्य किशोरचन्द्र राई र जसपाका नेता साजन राई पनि एमाले प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेकपा ९एमाले० केन्द्रीय सदस्य एवं खोटाङ जिल्ला सह(इन्चार्ज उषाकला राई, एमाले खोटाङका अध्यक्ष एवं प्रदेशसभा ९ख०का उम्मेदवार रामप्रसाद दंगाल, उपसचिव दीपनारायण रिजाललगायतले खादा र माला ओढाएर स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ कार्तिक २०७९, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसी दलहरुको एकता समझदारी, तर अझै टुंग्गिएन पार्टी नाम, चुनाव चिन्ह्र र नेतृत्व
पार्टीभित्र हलचल : कुन कुन दल मिले ? कुन दल मिल्दैछन् ?
समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
नयाँ दललाई आइलाग्यो आपत
आयोगमा दर्ता भएका दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की