खोटाङ । खोटाङमा नेपाली कांग्रेसका वडा सभापतिसहित ६३ जना एमाले प्रवेश गरेका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका(४ बतासेका वडा सभापति एवं नेपाल विद्यार्थी संघका जिल्ला सचिव राजदेश राईको नेतृत्वमा ६३ जना एमाले प्रवेश गरेका हुन् ।
आइतबार बतासेमा भएको एमालेको चुनावीसभामा वडाध्यक्ष राई, पूर्वकार्यवाहक सभापति तीलककुमार राई, वडा सचिव प्रेम राई, सहसचिव नारायण राई र सुरेन्द्र भुजेल, अग्रज नेता महेश्वर राई, वडा कार्यसमिती सदस्य सुनिल राई, म्यानबहादुर भुजेल, ओम राई, राजकुमार राई, रिजित राई, किरण राईलगायतको टोली एमाले प्रवेश गरेका हुन् । पार्टी परित्यागको घोषणा गरेको कही समयपछि कांग्रेस नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण उनीहरूले पार्टी परित्याग गरेका हुन् ।
कांग्रेस नेता तथा कार्यकर्तासँगै जसपा खोटाङका जिल्ला सदस्य किशोरचन्द्र राई र जसपाका नेता साजन राई पनि एमाले प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेकपा ९एमाले० केन्द्रीय सदस्य एवं खोटाङ जिल्ला सह(इन्चार्ज उषाकला राई, एमाले खोटाङका अध्यक्ष एवं प्रदेशसभा ९ख०का उम्मेदवार रामप्रसाद दंगाल, उपसचिव दीपनारायण रिजाललगायतले खादा र माला ओढाएर स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ कार्तिक २०७९, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने
दलका नेता बनेपछि आङ्देम्बेले बोलाए पहिलो पटक विपक्षी दलहरुको बैठक
समानुपातिकमा दलहरुले छानेका यी हुन् ११० सांसद (नामसहित)
कुन दलले कति सिट जित्ला ?
मधेसी दलहरुको एकता समझदारी, तर अझै टुंग्गिएन पार्टी नाम, चुनाव चिन्ह्र र नेतृत्व
पार्टीभित्र हलचल : कुन कुन दल मिले ? कुन दल मिल्दैछन् ?