दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्ने बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोटमा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले मङ्सिर ४ गतेपछि पनि अहिलेकै गठबन्धनले निरन्तरता पाउने बताए ।
“चुनावपछि पनि मिलेर गठबन्धनको सरकार बनाउँछौ, गठबन्धनले मिलेर देश विकास गर्छ”, पौडेलले भने, “संविधानको रक्षाका साथै विकास निर्माणमा गठबन्धन प्रतिबद्ध छ ।”
संविधानले प्रत्याभूत गरेको अधिकार रक्षाका लागि गठबन्धन बनेको बताउँदै पौडेलले गाउँगाउँमा जनताले पाएको अधिकार रक्षा गरिने दाबी गरे । देशमा लगानी भित्र्याएर उद्योग कलकारखाना स्थापना गर्ने र युवालाई स्वदेशमै रोजगारी प्रदान गरिने पौडेलको भनाइ थियो । “उद्योगधन्दा खोलेर युवालाई विदेश जान नपर्ने बनाउँछौँ”, पौडेलले भने ।
वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट तनहुँ १ प्रदेश २ का उम्मेदवार हरिबहादुर चुमानले यस क्षेत्रका जनताका समस्याबारे आफूहरु जानकार रहेको भन्दै समस्या समाधानमा क्रियाशील हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० कार्तिक २०७९, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति