बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले कालीगण्डकी–तिनाउ ड्राइभर्सन प्रोजेक्ट कार्यान्वन गरेरै छोड्ने प्रतविद्धता जनाएका छन् । आइतबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच उपाध्यक्ष पौडेलले आफूले गरेका काम र भावी योजना समेट्दै चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले आयोजना शुरु गरेर अन्त्य गर्ने बिन्दुमा पु¥याएर छोड्ने पनि बताए । उपाध्यक्ष पौडेलले कालीगण्डकी–तिनाउ ड्राइभर्सन प्रोजेक्टबाट १४० मेगावाट विद्युत उत्पादन गर्ने र १ लाख भन्दा बढी हेक्टर जमिनमा सिंचाई पुग्ने बताए ।
उनले कालीगण्डकी–तिनाउ ड्राइभर्सन प्रोजेक्टमा विभिन्न व्यवधान आउनसक्ने उल्लेख गर्दै यसलाई कार्यान्वयन गरेरै छोड्ने बताए । उनले विगतका निर्वाचनमा पन िभूमिहीन र सुकुम्वासीका समस्या समाधान गरेको उल्लेख गर्दै अबका दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए ।
उनले सुकुम्वासी र भूमिहीनका समस्या समाधानका लागि कानूनका आधारमा समस्याको स्थायी समाधान गर्ने उल्लेख गरे । उनले सुशासन, विकास र समृद्धिको लक्ष्यप्राप्तिका लागि सरकारी कार्यालय प्रशासनिक तथा प्राविधिक कर्मचारीलाई कर्तव्यपरायण, सक्षम र परिणाममुखी बनाउने, प्रशासनिक संयन्त्रलाई भ्रष्टाचारमुक्त बनाउने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० कार्तिक २०७९, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री
विद्या भण्डारीको सदस्यता नवीकरण हुन सक्दैन: विष्णु पौडेल
विधान महाधिवेशनअघि नेतृत्वबारे अनुमान र विभाजित गर्ने काम नगरौँ: विष्णु पौडेल
बजेट प्रस्तुत भएको १७ दिनपछि संसद्मा छलफल सुरु
ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री
अर्थमन्त्री पौडेललाई आज डिस्चार्ज गरिने