काठमाडौँ । एमाले उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन्।
रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारसमेत रहेका पौडेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादीसँगै मिलेर सरकार बनाउने जिकिरसमेत गरे।
बुटवलमा शनिबार आयोजित खेलाडी, प्रशिक्षक र खेलप्रेमीको भेलामा उनले निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारले खेलकुद क्षेत्रको विकासको माध्यमबाट मुलुकको प्रतिष्ठालाई अझै उचाइमा पुर् याउने आश्वासनसमेत दिए।
उनले भने, ‘नेकपा ९एमाले० एक्लैले आगामी निर्वाचनमा बहुमत ल्याउँछ। यो निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउँछ। एक्लैले सरकार बनाउने हैसियत राख्छ। तर, यो निर्वाचनमा हामी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपालसँग पनि सहकार्य गरेका छौँ। त्यसकारणले गर्दा यो सहकार्य निर्वाचनमा बेला पनि जारी रहन्छ। र, निर्वाचनपछि सरकार बन्ने बेलामा पनि जारी रहन्छ। सरकारको नेतृत्व नेकपा एमालेका एकल बहुमत हुँदा पनि हामी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीलाई सरकारमा सामेल गरेर यो सहयात्रालाई निरन्तरता दिन्छौं भनेर सोचिराखेका छौं। यो कुरा पनि यहाँहरूलाई बताउन चाहन्छु।’
उपाध्यक्ष पौडेलले निर्वाचन पछि पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै त्यसपछि मुलुकको समृद्धिको अभियानले गति लिने विश्वाससमेत व्यक्त गरे। उनले रुपन्देही २ मा एमालेलाई धेरै फराकिलो मतान्तरले विजयी गराउनका लागि सहयोग गर्न खेलाडीलाई आग्रहसमेत गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ कार्तिक २०७९, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट प्रस्तुत भएको १७ दिनपछि संसद्मा छलफल सुरु
ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री
अर्थमन्त्री पौडेललाई आज डिस्चार्ज गरिने
अब निर्माण व्यवसायीको बिल रोकिँदैन : अर्थमन्त्री पौडेल
एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल
अस्पताल निर्माणको जनस्तरबाट निगरानी होस् : अर्थमन्त्री पौडेल